Breaking News.... EverestOnlineKhabar
October 2, 2026

वामगठबन्धन भएसंगै नेपाली कांग्रेस पनि बृहत प्रजातान्त्रिक मोर्चाको तयारीमा

Loading

काठमाडौ,१८ असोज ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा एमालेलगायत केही दलबीच चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेस पनि आफ्नो राजनीतिक चरित्र सुहाउँदा शक्तिसँग एकता गरी अघि बढ्नुपर्ने बताएका थिए ।
दाहालको सो आग्रहका साथै एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी एकताकै प्रयासमा लागेपछि कांग्रेस पनि लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायत दलसँग‘बृहत् प्रजातान्त्रिक एकता’का साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको छ ।
प्रजातान्त्रिक मोर्चाका साथ निर्वाचनमा जाँदा कांग्रेसलाई कुनै अप्ठ्यारो नपर्ने र वामपन्थी एकता निर्वाचनसम्म पनि नटिक्ने निष्कर्षमा पनि पुगेको स्रोतको दाबी छ । कांग्रेसले यसबारे निर्णय लिन आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । एमाले–माओवादी–नयाँ शक्ति तालमेलले सत्ता गठबन्धनमा कुनै अप्ठेरो नपर्ने निष्कर्ष पनि कांग्रेस नेताले निकालेका छन् ।
यसमा कारक सत्ता परिवर्तनको खेल भए मंसिर १० र २१ गतेको निर्वाचन हुन नसक्ने परिस्थिति उत्पन्न हुने त्रासमा एमाले र माओवादी रहनु देखिएको छ । निर्वाचन अब ५४ दिन मात्र बाँकी छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी प्रजातान्त्रिक मोर्चामार्फत कांग्रेस निर्वाचनमा जान चाहेको बताएको स्रोतले जनाएको छ ।
माओवादी अध्यक्ष दाहाल र फोरम अध्यक्ष यादवबीचको भेटसमेत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हुने तालमेलमा केन्द्रित भएको थियो । यादवले दाहाललाई प्रदेश नम्बर २ मा कांग्रेस आफ्नो पार्टीलाई हराउन लागेका कारण त्यसविरुद्ध आफूहरू रहेको जानकारीसमेत दिएको माओवादी स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed