Breaking News.... EverestOnlineKhabar
June 24, 2026

चेल्सीका स्ट्राइकर अल्बारो एक महिना मैदान बाहिरै रहने

Loading

बिबिसि । चेल्सीका मुख्य स्ट्राइकर अल्बारो मोरटा एक महिनाभन्दा बढि मैदान बाहिर हुने संकेत देखिएको छ । मोरटा गत शनिबार म्यान्चेस्टर सिटी विरुद्धको खेलमा घाइते भएका थिए । डाक्टरले चोटग्रस्त भएका मोरटा पूर्णरुपले ठिक हुन करिब ३ देखि ४ सातासम्म लाग्ने बताएका छन् ।

२४ वर्षीय अल्बारो स्पेनका मुख्य खेलाडी पनि हुन् । स्पेनले यसै साता दुई वटा विश्वकप छनोटअन्तर्गतको खेल खेल्दैछ । अल्बारो मोरटाले अल्बानियासँग हुने अक्टोबर ६ तारिखको खेल छुटाउने छन् । त्यस्तै, अक्टोबर ९ तारिखमा इज्राइलसँग हुने खेलमा पनि फिट नहुने देखिएको छ ।

अल्भारो मोरटा रियल मड्रिडबाट ६० मिलियन पाउण्डमा इंग्लिस क्लब चेल्सी गएका थिए । उनले चेल्सीबाट ७ गोल गरेका छन् ।
चेल्सीले अब १४ तारिखमा इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, १९ तारिखमा च्याम्पियन्स लिगअन्तर्गत रोमासँग प्रतिस्पर्धा गर्ने चेल्सीले २१ अक्टोबरमा प्रिमियर लिगअन्तर्गत नै वाटफोर्डसँग खेल्दैछ । अल्बारो मोरटाविना मैदानमा उत्रिने चेल्सीलाई निकै कठिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed