![]()
काठमाडौं । कम्युनिष्ट पार्टी नै परित्याग गरी समृद्धिको अभियान भन्दै नयाँ शक्ति पार्टी खोलेका डा.बाबुराम भट्टराई पनि बामपन्थी तालमेल र पार्टी एकतामा मिसिएका छन । एमाले अध्यक्ष केपी ओलीसंगको पटक–पटकको छलफलपछि नेता भट्टराई आगामी चुनावमा तालमेल र पार्टी एकीकरण गर्न तयार भएका हुन ।
तालमेल र एकताका लागि एक साताअघि देखि नै नेकपा एमालेसँग नयाँ शक्तिले छलफल थालेको थियो ।
एमाले र माओवादीका नेताहरुको प्रस्तावमा बाबुराम भट्टराईले पनि समर्थन जनाउँदै सहकार्यको हात बढाएपछि तीन दलीय गठबन्धन बन्ने निश्चित भएको हो ।
कम्युनिष्ट छोडेको घोषणा गरेका बाबुराम समेत बाम गठवन्धनमा सहभागी भएपछि उनको राजनीतिक दर्शनमाथि प्रश्न गर्नेहरुलाई अर्को मौका मिलेको छ ।


