Breaking News.... EverestOnlineKhabar
August 17, 2026

इङ्गल्याण्डद्वारा वेष्टइण्डिजबिरुद्धको पाँच म्याचको शृखंला कब्जा

Loading

एजेन्सी । इङ्गल्याण्डले वेष्टइण्डिजबिरुद्धको पाँच म्याचको शृखंला ४–० ले कब्जा गरेको छ । पाँचौं तथा अन्तिम वन डेमा वेस्ट इन्डिजलाई नौ विकेटले पराजित गर्दै इङल्याण्ड शृखंला कब्जा गर्न सफल भएको हो ।

पाँचौं तथा अन्तिम खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो । एस होपले सर्वाधिक ७२ रन बनाएका थिए । जवाफमा इङल्याण्डले ३८ ओभरभित्र खेल आफ्नो पक्षमा पारेको थियो । घरेलु टिमले एक विकेट मात्र गुमाएर २ सय ९४ रन बनायो । त्यसमा जोनी बियरस्टोले नटआउट १ सय ४१ रन बनाएका थिए । यस्तै जसन रोयले ९६ रनको योगदान दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.