Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको टीका र जमरा ग्रहण गर्नुभएको छ । बिजया दशमीको दिन शनिबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा उहाँले टीका ग्रहा गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालले टीका प्रदान गर्नुभएको हो ।

राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले पनि मूल पुजारी अर्याललाई टीका लगाईदिनुभयो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उहाँकी आमा मिथिला पाण्डे, काका जयन्त पाण्डेले टीका लगाइदिनुभयो । राष्ट्रपति भण्डारीले छोरी उषाकिरण भण्डारी र निशा कुसुम भण्डारी तथा ज्वाई उमेश थापा र अभिषेक यादव लगायत आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई पनि टीका लगाइदिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed