![]()
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता पालना नगर्ने कसैलाई पनि कडा कारवाही गर्ने चेतानवी दिनुभएको छ ।
बिहीबार रिपोर्टस् क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा बोल्दै आयुक्त यादवले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन निर्धारित मितिमा हुने र आचारसंहिता पनि कडाइकासाथ लागु हुने जानकारी दिनुभयो ।
उहाँले निर्वाचनका लागि सबै ऐन–कानुन प्राप्त भएकाले अब कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो । स्थानीय तह निर्वाचनमा उल्लेख्य जनसहभागिता भएकाले निर्वाचन आयोग प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउन झन् उत्साहित भएको धारणा राख्नुभयो ।
प्रमुख आयुक्त यादवले जनउत्साहकै कारण पनि केन्द्रीय र प्रदेशसभा निर्वाचन सफल हुने दावी गर्नुभयो ।


