![]()
काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएसंगै निर्वाचन आयोग प्रदेश र प्रतिनिधि सभा चुनावको तयारीमा जुटेको छ । तेस्रो चरणको स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएसंगै आयोगले आगामी मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश र प्रतिनिधि सभाको तयारी पनि अघि बढाएको हो ।
आयोगले प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्रको डिजाईन गरिसकेको छ । यो बाहेक मतपत्र छपाई, पाठ्यक्रमको डिजाईन तथा चुनावी सामाग्री खरिदको प्रक्रिया समेत अघि बढाइएको छ ।
अशोज १७ गते मतपत्र छपाईको प्रक्रिया अघि बढाउने तयारी गरेको आयोगले १८ गतेबाट सञ्चारमाध्यम, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षा निकायका अधिकारीलाई प्रशिक्षण दिने कार्यतालिका बनाएको छ ।


