Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

बिबिसि । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले सबै रासायनिक अस्त्रहरु नष्ट गरेको बताएका छन् । रसायनिक अस्त्रहरु निर्मूल पार्ने उद्देश्य लिएको अन्तर्राष्ट्रिय निकाय ओपीसीडब्ल्यूले सबै अस्त्रहरु नष्ट गरिएको पुष्टि भएको जनाएको छ ।

रुसी कदमलाई उसले कोशेढुंगा भनेको छ । रासायनिक अस्त्रहरु नष्ट गरिएको घोषणा गर्दै पुटिनले त्यो ऐतिहासिक दिन भएको बताएका छन । अमेरिकाले भने यससम्बन्धी आफ्नो दायित्व पूरा नगरेको भन्दै उनले पुटिनले अमेरिकी सरकारको आलोचना गरेका छन् ।

वाशिङटनले ९० प्रतिशतभन्दा बढी गोलीगट्ठा नष्ट पारिसकेको छ । तर वातावरणीय र आर्थिक पक्षलाई लिएर बाँकी नष्ट गर्न ढिलाई भइरहेको छ । सन् १९९७ मा लागू भएको रसायनिक अस्त्र महासन्धिले त्यसको उत्पादन, भण्डारण र प्रयोगमा रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed