Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बिबिसि । फेसबुकका संस्थापक मार्क जकरबर्गले सामाजिक सञ्जाल फेसबुक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विरोधी रहेको आरोपको खण्डन गरेका छन् । जकरबर्गले फेसबुकले ‘सबै मानसका निम्ति एउटा समुदाय बनाउने प्रयास जारी राख्ने’ बताए ।

राष्ट्रपति ट्रम्पले फेसबुक ’षड्यन्त्रकारी’ र आफूविरुद्ध भएको ट्वीटरमा आरोप लगाएका थिए । विगतमा ट्रम्पले न्यूयोर्क टाइम्स र वाशिङटन पोस्ट पत्रिकामाथि पनि त्यस्तै आरोप लगाएका थिए ।

गत वर्षको राष्ट्रपतीय चुनावमा मस्कोले गरेको भनिएको हस्तक्षेपबारे छानबिन गरिरहेको संसदीय समितिलाई फेसबुकले ३,००० भन्दा बढी राजनीतिक विज्ञापनबारे विवरण उपलब्ध गराउँदैछ ।

राष्ट्रपतीय चुनावका बेला ती विज्ञापनहरुका लागि सम्भवतः रुसी पक्षबाट रकम दिइएको फेसबुकको विश्वास छ । चुनावमा रुसी हस्तक्षेपबारे आउँदो नोभेम्बर १ तारिखमा संसद्को गुप्तचर समितिलाई प्रश्नहरुको जवाफ दिन फेसबुक, ट्वीटर र गुगललाई भनिएको छ । समितिमा उपस्थित हुन औपचारिक रुपम पत्र पाएको फेसबुक र गुगलले बताएका छन् ।

मस्कोले राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed