![]()
दोलखा । दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरमा पसिना आएपछि क्षमा पूजा गरिने भएको छ । भीमेश्वर नगरपालिका २ मा रहेको नेपालकै प्रसिद्ध मन्दिर भिमेश्वरमा दिउँसो तीन बजेर २० मिनेट जाँदा पसिना आएको स्थानीयवासीले बताएका छन ।
मन्दिरमा पसिना आएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी विष्णु विक्रम थापा र प्रहरी उपरीक्षक रामेश्वर कार्की मन्दिरतर्फ गएका छन् । मन्दिरमा पसिना आएको खवर पाएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली क्षमा पूजाका लागि मन्दिरमा गएको हो ।
भीमेश्वर मन्दिरमा पसिना आए देशमा ठूलो संकट निम्तिने बुझाई छ । दुई बर्ष अघि गएको महाभूकम्पअघि पनि भीमेश्वर मन्दिरमा पसिना आएको स्थानीयवासी बताउँछन ।


