Breaking News.... EverestOnlineKhabar
August 13, 2026

जापानमा संसदीय निर्वाचन घोषणा, बिहीबार संसद भंग हुने

Loading

बिबिसि । जापानका प्रधानमन्त्री शिन्जो आबेले नयाँ निर्वाचनको घोषणा गरेका छन् । उनले संसदको अवधि एकवर्ष बाँकी छँदै निर्वाचन गराउन आगामी बिहीवार संसद भंग गर्न लागेका घोषणा गरेका हुन् ।

नयाँ चुनावको घोषणासँगै प्रधानमन्त्री आबेले १.७८ विलियन डलरको शिक्षा, ऋण कटौति र सामाजिक खर्चका लागि प्याकेज घोषणा गरेका छन् । प्रधानमन्त्री आबले निर्वाचनको घोषणा गरेपनि समय भने तोकेका छैनन् । तर, जापानी सन्चारमाध्यमहरुले भने नयाँ निर्वाचन आगामी अक्टुबर २२ मा गर्नुपर्ने सुझाव दिएका छन् ।

पत्रकार सम्मेलनमार्फत ताजा प्याकेजको घोषणा शिक्षा र सामाजिक सुधार कार्यक्रममार्फत भविष्यको जापान तयार पार्न आवश्यक भएको बताएका छन् । उनले आफ्नो आर्थिक सुधारको मार्ग लगातार कायमै रहने स्पष्ट पारे ।

एक महिना यता विभिन्न विवादास्पद घटना र अलोकप्रिय नीतिका कारण प्रधानमन्त्री आबेको लोकप्रियता निकै घटेको गएको छ ।
पछिल्लो समय उत्तर कोरियाले दुई ओटा क्षेप्यास्त्र जापानको भूमिलाई पार गरेपछि जापानी नागरिकले प्रधानमन्त्री आबेको चर्को आलोचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed