Breaking News.... EverestOnlineKhabar
June 8, 2026

चौथो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित

Loading

एजेन्सी । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङसँगको खेलका लागि भारतको चेन्नाईमा तयारी गरी रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आफनो चौथो खेलमा पराजित भएको छ । नेपाल भारतको सेन्ट्रर फर स्पोटर््स साइन्स (सीएसएस) सँग ५ रनले पराजित भएको हो ।

भारतको चेन्नाईस्थित श्री रामचन्द्र मेडिकल कलेजको मैदानमा भएको खेलमा नेपाल जित नजिक पुगेर पनि पराजित भएको हो । २१६ रनको चुनौती पछ्याउदै ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेटको क्षतिमा २१० रन मात्र बनाउन सक्यो । नेपालले पहिलो विकेट १२.५ ओभरमा ८४ रन हुँदा गुमाएको थियो । ओपनिङमा आएका कप्तान पारस खड्का ४० बलमा ४९ रन बनाएर आउट भएका थिए ।
दोस्रो विकेट नेपालले ९५ रन हँुदा गुमाएको थियो । आरिफ शेख ७ रनमा आउट भए । नेपालका लागि ओपनर सागर पुनले सर्वाधिक ६९ रन बनाए । त्यस्तै, दिपेन्द्रसिंह ऐरीले ४५, विनोद भण्डारी १५, सोमपाल कामी ५ रनमा आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट्रर फर स्पोर्टस साइन्स (सीएसएस) ले ५० ओभरको समाप्तिमा सवै विकेटको क्षतिमा २१५ रन बनाएको थियो । नेपालका लागि सुसान भारीले ३, सन्दिप लामिछाने र करण केसीले समान २–२ विकेट लिए । यसअघि भएको तीन खेलमा नेपालले लगातार जित हात पारेको थियो ।

नेपालले अक्टोबर १३ देखि १५ सम्म हङकङको घरेलु भूमिमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । अन्तिम ४ मा प्रवेश गर्नका लागि नेपाललाई हङकङसँगको दुबै खेल जित्नै पर्ने हुन्छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल छैठौं स्थानमा छ । त्यस्तै, हङकङ चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed