Breaking News.... EverestOnlineKhabar
June 8, 2026

निर्वाचन आयोगले ६७ औं स्थानमा राखेपछि राणा असन्तुष्ट

Loading

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक ) ले प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले स्थान क्रममा पार्टीलाई ६७ औं स्थानमा राखेकोमा आपत्ती जनाएको छ ।

सोमबार बसेको सो पार्टीको पदाधिकारी बैठकले पार्टीको स्थान सच्याउन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । १८ सांसद रहेको पार्टीलाई ६७ आंैं स्थानमा राखेर आयोगले अपमान गरेको बैठकको ठहर छ ।

एउटै पनि सांसद नरहेको एकीकृत राप्रपा राष्ट्रवादी भने क्रमसंख्यामा ३२ औं स्थानमा छ । सांसद संख्याको आधारमा राप्रपा प्रजातान्त्रिक पाँचौ नम्बरमा हुनुपर्ने उसको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed