Breaking News.... EverestOnlineKhabar
June 7, 2026

पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन

Loading

काठमाडौं । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

पूर्व भिआइपीलाई सुविधा र यातनासम्बन्धी विधेयकमा छलफल गर्दै समितिले सरकारलाई निर्देशन दिएको हो । समितिका केही सदस्यले भूकम्प पीडितले बास बस्न नपाएको बेला पूर्व सांसदलाई घुमाउरो बाटोबाट सुविधा दिन खोजिएको भन्दै विरोध जनाएपनि त्यो अर्थहीन भएको छ । केहीले भने सांसदहरु जनताको काम गर्ने भएकाले सरकारले सम्मान गर्दै सुविधा दिनुपर्ने तर्क गरेका थिए ।

गृहमन्त्री जनार्दन शर्माले राज्यले सुविधा दिनुपर्छ भन्नेमा दुई मत नरहेपनि राज्य बलियो हुँदा मात्रै सुबिधा दिनसकिने धारणा राखेका थिए । सुविधा उपलब्ध गराउँदा राज्यको आर्थिक अवस्थालाई पनि हेर्नुपर्ने उनको भनाई थियो । थप छलफलका लागि विधेयक उपसमितिमा पठाइएको छ ।

तत्कालका लागि भने पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सुविधा उपलब्ध गराउन सरकारलाई समितिले निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed