![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफनो पार्टीले नजिते मुलुक गम्भीर दुर्घटनामा पर्ने चेतावनी दिएका छन ।
काठमाडौंको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित कार्यक्रममा बोल्दै उनले परिवर्तनलाई संस्थापन गर्न र मुलुकलाई समृद्ध बनाउन माओवादी केन्द्रको जित अपरिहार्य भएको बताए । उनले भने,‘ आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले नजिते मुलुक गम्भीर दुर्घटनामा फस्छ । ’ उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे ।
अध्यक्ष प्रचण्डले प्रदेश दुईको निर्वाचनले मधेसी जनता आफूहरुको साथमा रहेको पुष्टि भएको समेत दावी गरे ।


