![]()
काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राष्ट्रिय राजनीति र चुनावी योजनासम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु भएको छ । छलफलका लागि बिभिन्न ८ वटा समूह गठन गरिएको छ । सात प्रदेश र मोर्चा संगठनका लागि एक गरी आठ समूह गठन गरिएको हो ।
प्रतिवेदनको अध्ययनपछि समूहगत रुपमा छलफल प्रारम्भ भएको हो । अध्यक्ष ओलीको प्रतिवेदनमा आफ्नो पार्टीको दबाबकै कारण स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषित मितिमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्ने अडान व्यक्त गरिएको छ । योजनामा आगामी निर्वाचनमा सबै तहमा एमालेलाई पहिलो र बहुमतसहितको शक्ति बनाउन केन्द्रित हुनुपर्ने उल्लेख छ ।


