![]()
काठमाडौं । २५ वर्षअघि विमान दुर्घटनामा परेर निधन भएका फिफा रेफ्री तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान रुपकराज शर्माको स्मृतिमा राजधानीमा साइकल र्याली निकालिएको छ ।
रुपकराज शर्मा स्मृति प्रतिष्ठानले शर्माको सम्झनामा र्याली निकालेको हो । सन् १९९२ सेप्टेम्वर २८ मा पाकिस्तानको कराँचीबाट काठमाडौं आउदै गरेको पाकिस्तान एयरलायन्सको एयरबस ललितपुरको लेलेमा दुर्घटना हुँदा शर्मासहित १ सय ६७ जनाको निधन भएको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोलकी पूर्वकप्तानसमेत रहेका शर्मासहित अन्य २ नेपाली फिफा रेफ्रीको पनि सोही दुर्घटनामा परी निधन भएको थियो ।
ललितपुरको सातदोबाटोस्थित फिफा रेफ्री स्मृति भबनबाट सुरु भएको साइकल र्याली लेले हुँदै पुनः सातदोबाटोमै आएर टुंगिएको थियो ।
नेपाल प्रहरीका पूर्बप्रमुख तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अच्युतकृष्ण खरेलले र्यालीको उद्घाटन गरेका थिए ।


