Breaking News.... EverestOnlineKhabar
June 7, 2026

रौतहटमा हारको झोंक फेर्न एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई कुटे

Loading

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–५ स्थित हर्षाहामा नेपाली कांग्रेसका कार्यकर्ता एमालेबाट कुटिएका छन् ।
विजयजुलुसमा सहभागी हुन वृन्दावनको विश्रामपुर जाँदै गरेका कांग्रेस कार्यकर्तालाई नेकपा एमाले वृन्दावन नगरपालिका प्रमुखका उम्मेदवार विनोद कुर्मीसहितको टोलीले कुटपिट गरेको हो । कुटपिटबाट चारजना घाइते भएका छन् ।

कुटपिटबाट शेष खैरुल्लाह, शेष मेराजुल, शेष जाहिर, मोहम्मद सैमुल्लाह घाइते भएका बताइएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । सो नगरपालिकामा कांग्रेस विजयी भएपछि कांग्रेस कार्यकर्तामाथि आक्रमण भएको हो । जारी मतगणनामा रौतहट जिल्लामै एमाले जितविहीन छ ।

घाइतेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed