Breaking News.... EverestOnlineKhabar
June 7, 2026

एमाले केन्द्रीय समिति बैठक शुक्रवारबाट, प्रदेश र प्रतिनिधिसभामा बहुमत ल्याउने तयारी

Loading

काठमाडौं । स्थानीय तह निर्वाचनमा उत्कृष्ट नतिजा ल्याएको नेकपा एमाले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने तयारीमा जुटेको छ । यसका लागि बिहीबार स्थायी कमिटी बैठकमा छलफल भएको छ भने शुक्रवारबाट केन्द्रीय समिति बैठक सुरु हुँदैछ ।

केन्द्रीय समिति बैठकबाट पार्टीका सबै निकायलाई परिचालन गर्ने तयारी एमालेले गरेको छ । बिहीबारको स्थायी कमिटी बैठकमा मंसिर १० र २१ गतेका लागि तय भएको निर्वाचनपछि केन्द्रीय र प्रदेशसभामा एमालेको बहुमतसहितको सरकार बनाउन सिँगो पार्टी लाग्ने विषयमा छलफल भएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

शुक्रवारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा प्रदेश नम्बर २ को निर्वाचन परिणामको पनि समीक्षा हुनेछ । म्तगणना गर्दागर्दै कर्मचारी फेर्ने, सुरक्षाकर्मी फेर्ने लगायतका काम भएको सुन्नमा आएकाले त्यसबारे पनि छलफल हुने भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed