Breaking News.... EverestOnlineKhabar
June 7, 2026

एएफसी यु–१६ च्याम्पियनसिप छनोट फुटबलको पहिलो खेलमा नेपाल इराकसँग पराजित

Loading

काठमाडौं । एएफसी यु–१६ च्याम्पियनसिप छनोट फुटबलको पहिलो खेलमा नेपाल इराकसँग पराजित भएको छ । सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा भएको खेलमा नेपाल इराकसंग १–० ले पराजित भएको हो ।

मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपाल ६८औं मिनेटमा गोल खाएको थियो । बाँकी समयमा नेपालले गोल फर्काउन नसकेपछि नेपाल पराजित हुन पुग्यो ।

समूह ‘डी’मा इराक बलियो टिम मानिन्छ । छनोटमा नेपाल र इराकसहित भारत र प्यालेस्टाइन रहेका छन् । अर्को खेलमा भारतले प्यालेस्टाइनलाई ३–० ले हराएको छ ।

समूहको शीर्ष स्थानमा रहने टोली एएफसी यु–१६ च्याम्पियनसिपमा छनोट हुनेछन । नेपालको दोस्रो भिडन्त अब शुक्रवार भारतसँग हुनेछ । सोही दिन इराक र प्यालेस्टाइन पनि भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed