![]()
धनुषा । धनुषाको हंशपुर नगरपालिकाको मेयर र उपमेयरमा राजपा विजयी भएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत राष्ट्रिय जनता पार्टी (राजपा) ले हंशपुर नगरपालिकामा कब्जा जमाएको हो ।
राजपाका उम्मेदवार रामज्ञान मण्डल मेयर र उपमेयरमा रेणु देवी झा विजयी भएका हुन । रामज्ञानले ३ हजार ३२० मत पाए भने रेणुदेवीले ३ हजार २७६ मत पाइन् ।
मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप यादवले ३ हजार २२९ मत पाए । उपमेयरका उम्मेदवार कांग्रेसकै रामकुमारी कामतले ३०२७ मत पाइन् ।


