Breaking News.... EverestOnlineKhabar
June 7, 2026

प्रदेश नम्बर २ को स्थानीय तह निर्बाचनः कांग्रेसलाई अग्रता, फोरम र एमाले पछ्याउँदै

Loading

काठमाडौ,४ असोज ।
प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ तहमा मतगणना जारी छ । सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा निर्वाचन नभएकाले सो नगरपालिकामा भने मत गणना हुन सकेको छैन । प्रारम्भिक मत गणनामा ६ वटा दलबीच प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको हो ।
मतगणना भइरहेका स्थानीय तहमध्ये प्राप्त पछिल्लो जानकारीअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले ३३ स्थानीय तहमा अगाडि छ । त्यसैगरी संघीय समाजवादी फोरम २५, नेकपा एमाले २३, नेकपा माओवादी केन्द्र १९, राष्ट्रिय जनता पार्टी १६ र नेपाल लोकतान्त्रिक फोरमले ३ स्थानीय तहमा अग्रता लिइरहेका छन् । पर्सामा वीरगन्ज महानगरपालिकासहित २ स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ । त्यसैगरी नेकपा एमालेले ३, संघीय समाजवादी फोरमले २, राष्ट्रिय जनता पार्टीले २ र नेकपा माओवादी केन्द्रले एउटा स्थानीय तहमा अग्रता लिएका छन् ।
यस्तै बारामा पनि नेपाली कांग्रेसले ५, राष्ट्रिय जनता पार्टीले ४, नेकपा एमालेले दुई उपमहानगरपालिकासहित ३, संघीय समाजवादी फोरमले ३, माओवादी केन्द्रले १ र नेपाल लोकतान्त्रिक फोरमले १ स्थानीय तहमा अग्रता लिएका छन् । रौतहटमा पनि नेपाली कांग्रेसका उम्मेदवार ७ वटा स्थानीय तहमा अगाडि देखिएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार ६ स्थानीय तहमा अगाडि देखिँदा संघीय समाजवादी फोरम र नेकपा एमाले २–२ वटा स्थानीय तहमा अगाडि छन् ।
रौतहटको एउटा स्थानीय तहमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार अग्रस्थानमा छन् । सर्लाहीमा पनि कांग्रेसले ५ वटा स्थानीय तहमा अग्रता लिएको छ । त्यसैगरी संघीय समाजवादी फोरम, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले ३र३ स्थानीय तहमा अग्रता लिएका छन् भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार तीन वटा स्थानीय तहमा अगाडि छन् ।
महोत्तरीमा नेपाली कांग्रेसका उम्मेदवार ५ वटा स्थानीय तहमा अगाडि छन् । राष्ट्रिय जनता पार्टी ३, संघीय समाजवादी फोरम २, नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा अगाडि रहँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार १÷१ स्थानीय तहमा अगाडि छन् ।
महोत्तरीको एउटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् । धनुषामा भने संघीय समाजवादी फोरमका उम्मेदवार ५ वटा स्थानीय तहमा अगाडि देखिएका छन् ।
एमाले ३, माओवादी केन्द्र २ स्थानीय तहमा अगाडि रहँदा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले एक÷एक स्थानीय तहमा अग्रता लिइरहेका छन् । जनकपुर उपमहानगरपालिकामा भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार अग्रस्थानमा छन् । सिरहामा भने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवार समान चार÷चार स्थानीय तहमा अगाडि देखिएका छन् । त्यसैगरी सप्तरीमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवार चार÷चार स्थानीय तहमा अगाडि देखिएका छन् ।त्यसैगरी नेकपा एमालेले ३ स्थानीय तहमा अग्रता लिँदा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले २ स्थानीय तहमा अग्रता लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed