Breaking News.... EverestOnlineKhabar
June 5, 2026

मेक्सिकोमा शक्तिशाली भूकम्प, कम्तिमा १३० जनाको मृत्यु

Loading

एजेन्सी,४ असोज ।
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा सय जनाको मृत्यु भएको छ । ७ दशमलव १ म्याग्नेच्यूड मापन गरिएको भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका धेरै घर ध्वस्त भएका छन् ।
जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । उद्धारकर्ताहरुले भग्नावशेषमा च्यापिएकाहरुको जिवितै उद्धारको प्रयास गरिरहेका छन् ।
भूकम्पका कारण क्षति पुगेपछि मेक्सिको शहरको विमानस्थानको सेवा स्थगित गरिएको छ भने शहरका सयौं भवनबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।
राजधानीका करिब २० लाख मानिस विद्युत सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध छ । ३२ वर्षअघि १० हजार मानिसको मृत्यु हुने गरी गएको भूकम्पको सम्झनामा सयौं सहभागी भइरहेका बेला यो भूकम्प गएको हो ।
मेक्सिको भूकम्प गइरहने मुलुकमा पर्दछ । गत महिना दक्षिणी क्षेत्रमा गएको ८ दशमलव १ म्याग्नेच्यूडको भूकम्पका कारण कम्तिमा ९० जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed