![]()
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले यस वर्ष राजनीतिक दलहरुले चाडपर्वको अवसर पारेर चियापान समारोह गर्न नपाउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त यादवले राजनीतिक उद्देश्यले चियापान गर्न नपाइने बताएका हुन् । उनले भने, ’२०७४ साल निर्वाचनको पर्व हो । त्यसकारण अब आउने चाडबाडमा राजनीतिक दलले चियापान गर्न पाइदैनन’ ।
प्रमुख आयुक्त यादवले यसपटक चियापान नगर्न सबै राजनीतिक दललाई आग्रह पनि गरेका छन् । नेपालका प्रमुख चाडपर्व दशैं, तिहार, छठ पर्वको अवसर पारेर प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले चियापान कार्यक्रम गर्दै आएका छन् ।
कसैले जबरजस्ती चियापान गरे कडा कारवाही गर्ने चेतावनी उनले दिए ।


