Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेपाली कांग्रेसको विशेष महाधिवेशन: २ हजार ३५ प्रतिनिधिको नाम दर्ता, भृकुटीमण्डपमा उत्साह

Loading

काठमाडौँ | नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति देखिएको छ। आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा साँझ ५ बजेसम्म २ हजार ३५ जना प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ९ बजेदेखि नै सुरु भएको थियो। प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार देशभरबाट आएका प्रतिनिधिहरूको नामावली संकलन र दर्ता कार्य अहिले पनि निरन्तर चलिरहेको छ।

८ स्टलबाट नाम दर्ताको व्यवस्था
प्रतिनिधिहरूको सहजताका लागि महाधिवेशन स्थलमा ८ वटा छुट्टाछुट्टै स्टलको व्यवस्था गरिएको छ। जसका कारण नाम दर्ता प्रक्रिया छिटो र व्यवस्थित भएको आयोजकले जनाएको छ। बिहानैदेखि भृकुटीमण्डपमा कांग्रेस कार्यकर्ता र प्रतिनिधिहरूको ठुलो घुइँचो लागेको छ।

युवा नेताहरूको अगुवाइ
पार्टीका दुई युवा महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माको विशेष अगुवाइमा यो महाधिवेशन सञ्चालन भइरहेको छ। पार्टीभित्रको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशा तय गर्नका लागि यो विशेष महाधिवेशनलाई निकै महत्त्वका साथ हेरिएको छ।

महाधिवेशनमा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन्। नाम दर्ता गर्ने क्रम अझै जारी रहेकाले यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.