काठमाडौं, दशरथ रंगशाला परिसरभित्र रहेको स्विमिङ पूल आजभोलि उपेक्षा र जीर्णताको प्रतिक बनेको छ। कुनै समय देशकै प्रमुख तालिमी केन्द्र र एथलीटहरूको आकर्षण रहेको यो पूल हाल आँखा रसाउँछ यस्तो अवस्थामा छ।
दशरथ रंगशालाकोस्विमिङ पूलले आफ्नो उत्कृष्ट समयमा देशका प्रतिभाशाली पौडिबाज
हरूलाई आकार दिएको थियो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू यहिँँ आयोजना गरिएका थिए। तर, यो गौरवशाली इतिहास हाल यसको जीर्ण अवस्थाले ढाकेर राखेको छ।
संरचनात्मक क्षति: पूलको प्लास्टर उछ्रिएको, टाइलहरू टुटेका, खराब भएका छन्।
सफाइको अभाव: पूलभित्र मैलो पानी जमेको, वरपर काठ, झिँगा, र कवाडी सामान राख्ने ठाउँ देखिन्छ। सुरक्षा जोखिम टुटेका काँचहरू र टुट्फुट संरचनाले सुरक्षाको लागि ठूलो जोखिम बनेको छ।
राष्ट्रिय खेलकुद नीतिमा स्विमिङ खेलप्रति उपेक्षा
यसकोजीर्ण अवस्थाले नेपाली पौडिबाज हरूलाई तालिम र विकासमा ठूलो असर पारेको छ। युवा प्रतिभाहरूले उचित अभ्यासका लागि उचित ठाउँ नपाएका छन्
राष्ट्रिय खेलकुद परिषद्काअधिकारीहरूले यस समस्याबारे स्वीकार गर्दै आर्थिक अभाव र अन्य प्राथमिकताको कारण पूलको मर्मतसम्भार नहुन सकेको बताएका छन्। उनीहरूका अनुसार, पूललाई नयाँ बनाउने वा पूर्ण जीर्णोद्धार गर्ने योजना अध्ययनका क्रममा रहेको जनाएको छ।दशरथ रंगशालाकोस्विमिङ पूलको हालको अवस्था नेपालमा खेलकुद क्षेत्रप्रति भएको उपेक्षाको एउटा ज्वलन्त उदाहरण हो। यो सम्पदा लोप हुने बाटो लागेकोमा समयमै संरक्षण र जीर्णोद्धारका लागि ठोस कदम चाहिने आवश्यकता रहेको छ।