![]()
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको दिन नेपाली राजनीतिमा अहिले देखा परेका चुनौती संकट समाधान गर्नका लागि राष्ट्रिय एकताको आधार पार्ने असाधारण दिन भएको बताएका छन्।
भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै आजको दिन कसैले बिर्साएर अब इतिहासमा नबिर्सने बताए।
उनले भने, ‘मलाई संयोजकको रूपमा १० घटकको ठुलो भारी, जिम्मेवारी दिनु भएको छ। मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ।’
अब पार्टी नयाँ ढङ्गले अघि बढाउने बताए। कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने बताए। उनले अझै विचार मिल्नेहरूसँग एकता प्रक्रिया अघि बढाउँदै जाने बताए।


