![]()
१४ कात्तिक, काठमाडौं। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ ।
दल दर्ताको निवेदन दिइसकेपछि बसेको पार्टीको पहिलो बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको पार्टीका अध्यक्ष कवीर सोबले जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘जेनजी आन्दोलनपछि नै हामीले अब प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख रहनुपर्छ भन्ने शासन प्रणालीको विकास हुनुपर्छ भन्नेमा जोड दिएका छौं। चाहे त्यो प्रधानमन्त्री होस् या राष्ट्रपति। किनकी यो प्रणाली नभइ अब देशमा विकास सम्भव छैन।’
प्रत्यक्ष निर्वाचित भइसकेपछि देशमा स्थिर सरकार रहने र ५ वर्षसम्म ढुक्कले काम गर्न सक्ने वातावरण हुने उनको दाबी छ । ‘संसदीय प्रणालीमा सरकार अ्क गणित देखाएर फेरबदल भइरहने हुन्थ्यो। तर यसमा एक पटक प्रत्यक्ष निर्वाचित भइसकेपछि देशमा विकासका लागि सरकार स्थिर रहन्छ। विकासमा एजेण्डामा काम तीव्रगतिमा हुन्छ।’


