Breaking News.... EverestOnlineKhabar
April 19, 2026

भिजिट भिसा : डलर अनिवार्य प्रावधान हट्यो, ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

Loading

१४ कात्तिक, काठमाडौं । सरकारले भिजिट भिसा खुकुलो बनाएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका विद्यमान विभिन्न प्रावधान हटाएर सहज बनाइएको हो ।

अध्यागमन विभागले पत्रकार सम्मेलन गर्दै भिजिट भिसामार्फत विदेश जान चाहनेका हकमा सहज बनाइएको जनाएको छ ।

त्यसका लागि कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, त्यसका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने समेत बेहोरा प्रस्थान गर्ने व्यक्तिले गरेको स्वघोषणा हुनुपर्ने विभागले जनाएको छ ।

यसअघि भिजिट भिसामार्फत विदेश जानेका हकमा न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो । तर, अबदेखि यो प्रावधान हटाइएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed