Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौँ । गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप सार्वजनिक भएको छ । जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गरेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो ।

जुन भिडियो अक्टोबर ७, २०२३ मा किबुट्ज अलुमिममा भएको आक्रमणमा अपहरण भएको केही समयपछि खिचिएको थियो। इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए।

उनको अपहरण पछि केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्बिर आज सार्वजनिक भएको थियो । उक्त तस्बिर इजरायली सेनाले उपलब्ध गराएको भिडियोबाट लिइएको हो । ३३ सेकेन्ड लामो उक्त भिडियो क्लिप केहीबेरअघि सार्वजनिक गरिएको द टाइम्स अफ इजरायलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed