Breaking News.... EverestOnlineKhabar
June 4, 2026

जापानमा राजनीतिक उलटफेरको संकेत, झण्डै ३० वर्ष सत्तासिन पार्टी संकटमा

Loading

१७ असोज, काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले ७ सेप्टेम्बर २०२५ मा पदबाट राजीनामा दिएका थिए। अब उनी नेतृत्व गर्ने लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) भित्र ४ अक्टोबरमा पार्टी अध्यक्ष पदको चुनाव हुँदैछ।

विश्लेषकहरू यो चुनावबाट दशकौँसम्म जापानमा शासन गरेको पार्टी विघटन हुने खतरा देखिरहेका छन् ।

जापान टाइम्समा प्रकाशित एक आलेखमा ७४ वर्षीय एक वृद्धको मनोविज्ञान चित्रित गरिएको छ । उनी हुन्- हरुओ त्सुकामोटो । उनी जीवनकै सबैभन्दा कठिन राजनीतिक निर्णयसँग जुधिरहेका छन् ।

अब कसलाई जापानको नयाँ प्रधानमन्त्री बनाउन भोट हाल्ने ? दशकौँदेखि समर्थन गर्दै आएको पार्टीलाई अझै साथ दिने वा नदिने ? उनी द्विविधाग्रस्त छन् ।

इबाराकी प्रान्तका छैटौँ पुस्ताका धान किसान त्सुकामोटो सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का करिब १० लाख सामान्य सदस्यहरूमध्ये एक हुन्, जसले शनिबार हुने चुनावमा भोट हाल्न पाउनेछन्।

जापानको युद्धपश्चात्को अधिकांश राजनीतिमा एलडीपीको प्रभुत्व रह्यो र यसका नेता सामान्यतः प्रधानमन्त्री बने। तर, अब त्यो पकड कमजोर बन्दै गएको छ।

त्सुकामोटोलाई पार्टी अझै पनि आफू जस्ता किसानहरूको पक्षमा उभिन्छ कि भन्ने शंका लाग्छ। ‘एलडीपीको सदस्य हुनु अहिले खासै फाइदाजनक छैन,’ त्सुकामोटो भन्छन्। उनी विगतसँग तुलना गर्छन्, ‘जब पार्टीसँग ५० लाखभन्दा बढी सदस्य थिए र ग्रामीण क्षेत्रमा बलियो समर्थन थियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed