Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाण्डाैँ,असाेज ३ –   लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको सन्धिखर्क – १ हटारिमास्थित घरमा आन्दोलनकारीहरूले भदौ २४ गते आगजनी र तोडफोड गरे ।

श्रीमती दीपा आचार्यले लामो समय शिक्षक पेसामा रहेर बनाएको उक्त घर आन्दोलनकारीले क्षणभरमै ध्वस्त पारे । केही दिन आफन्तकहाँ बसेपछि दीपा अहिले मुख्यमन्त्री निवास दाङ देउखुरी पुगेकी छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेका अनुसार उक्त घरमा मुख्यमन्त्री कहिलेकाहीँ मात्र जाने गरेका थिए । ‘अरू बेला आन्टी (दीपा) बस्नुहुन्थ्यो, घर नै ध्वस्त भएपछि बास खोज्नुपरेको छ,’

 

यस्तै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको दाङ तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाँउमा रहेको घर पनि आन्दोलनकारीहरूले आगजनी गरेका छन् । घरमा क्षति भएपछि उनी पनि आफन्तकहाँ शरण लिन बाध्य भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.