![]()
काठमाडौँ । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
गणेशमान स्मृति दिवसका अवसरमा बिहीबार कांग्रेस नेता प्रकाशमान सिंह लगाएतले शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए । सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेल्नुभएको योगदानको स्मरण गरेका थिए ।
त्यस्तै उनले जेनजी युवाहरुले गरेको आन्दोलनमा घुसपैठ गरेर राजनीतिक दलले देशका लागि गरेको योगदानलाई मास्ने काम भएको आरोप लगाएका छन । जेनजी आन्दोलनको छानविन गर्नुपर्ने उनले बताएका छन । उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक छिटै बस्ने र जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने धारणा व्यक्त गरे ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिनुभएका नेता गणेशमान सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित सिंहले २०४६ सालको आन्दोलनमा महत्वपूर्ण योगदान गरेका थिए । कम्युनिष्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर समेत थिए।


