Breaking News.... EverestOnlineKhabar
August 10, 2026

Loading

काठमाडौं — भदौ २४ गते प्रदर्शनकारीको तोडफोड र आगजनीमा परेको सर्वोच्च अदालतले आइतबारदेखि खण्डहर भवनबाटै न्याय सम्पादनको कार्य सुरु गरेको छ । आगजनीले खण्डहर भएको भवनको आँगनमा पाल टाँगेर सेवा सुरु गरेको हो ।सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्चबाट न्याय सम्पादन सुरु गर्नुपर्ने भन्दै हौसला दिन बिहान १०ः३० मै अदालत पुगेका थिए । उनले जलेका भवनहरु केहीबेर निरीक्षण गरे अनि कर्मचारीबाट तारेख र पेसी दिने लगायतका कामको तयारीबारे ब्रिफिङ लिए । त्यसपछि उनले आजदेखि सुरु गर्ने भनिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइको तयारीबारे पनि जानकारी लिए ।

सर्वोच्चको आँगनमै जलेका सवारीसाधनको थुप्रो लगाइएको थियो । सामुन्ने उभिएर उनले ब्रिफिङ र सरसफाइको निरीक्षण गरे । यति सकेर उनी एनेक्सको पाँचौ तलाको बैठकमा सहभागी हुन उक्ले । प्रदर्शनकारीले पहिले न्याय परिषद् रहेको उक्त भवनका कम मात्र क्षति पुर्‍याएकाले यहीँ न्यायाधीशहरुको चेम्बरदेखि इजलास बनाउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed