Breaking News.... EverestOnlineKhabar
August 10, 2026

जेनजि काे अान्दाेलनमा मृतक परिवारलाई काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

Loading

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको छ । आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी गराएकी हुन् ।

साथै, मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन चाहनेलाई सवारी साधनको व्यवस्था पनि गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

अहिले मृतकका परिवारहरु काठमाडौं भ्यालीमै छन् । उनीहरु बसेको, उठेको, खाएको त्यो खर्च हेरिदिने,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन कसैले चाहन्छ भने सवारीको पनि व्यवस्था गरिदिने आदि निर्णय भएको छ ।’

त्यस्तै, प्रदर्शनका क्रममा घाइते भएकाहरू अपांगको परिभाषाभित्र परेको खण्डमा पछिसम्म उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed