Breaking News.... EverestOnlineKhabar
April 19, 2026

कांग्रेसले राखेको थियो- संविधान संशोधन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

Loading

काठमाडौं, भाद्र २८ । नेपाली कांग्रेसले जेनजीले इच्छाएको व्यक्ति पूर्व प्रधानन्यायधीस सुशीला कार्कीलाई संविधान अनुसार प्रधानमन्त्री बनाउने विकल्प राष्ट्रपति रामचन्द्र पौडेललाई सुनाएको थियो ।

संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधानले नदिने बहस चलिरहेको बेला कांग्रेसले राष्ट्रपतिलाई उक्त विकल्प अघि सारेको थियो । आन्दोलनरत पक्ष र स्वयं कार्की समेत संसदको प्रक्रियाबाट अघि बढ्न तयार नभएपछि शुक्रबार उनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

शुक्रबार राति बसेको कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकको निर्णय शनिबार सार्वजनिक गर्दै कांग्रेसले संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउन सकिने विकल्प अअघि सारेको जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed