Breaking News.... EverestOnlineKhabar
April 19, 2026

इन्टरनेट सेवा प्रदायक संघले भन्यो : सामाजिक सञ्जाल भोलि साँझ मात्रै बन्द हुन्छ

Loading

काठमाडौं भाद्र १९ । इन्टरनेट सेवा प्रदायक संघ (आईएसपीएएन) ले सामाजिक सञ्जाल बन्दाबन्दीबारे स्पष्टिकरण दिँदै भोलि साँझदेखि मात्र सेवा रोकिने जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा सरकारले दिएको निर्देशनअनुसार भोलि साँझदेखि सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्न प्राविधिक तयारी भइरहेको उल्लेख गरिएको छ । संघका अनुसार हालैसम्म कुनै पनि सामाजिक सञ्जाल बन्द गरिएको छैन र प्रयोगकर्ताले सामान्य रूपमा प्रयोग गर्न सक्नेछन् ।

संघका पदाधिकारीले सामाजिक सञ्जाल रोक्दा प्राविधिक र कानुनी दुवै प्रक्रिया पालना गर्नुपर्ने भएकाले तत्कालै बन्द गर्न सम्भव नभएको बताए । “सरकारको आदेशअनुसार हामीले तयारी गरिरहेका छौं । भोलि साँझदेखि मात्र रोक लाग्नेछ,” संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed