Breaking News.... EverestOnlineKhabar
June 4, 2026

देउडा हेर्न गएकी १५ वर्षीया किशोरीलाइ सामुहिक बलात्कार

Loading

कैलाली । कैलालीमा देउडा खेल हेर्न गएकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी चार जनाबाट बलात्कृत भएको प्रहरीले जनाएको छ।

भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले आज इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएको जिल्ल प्रहरी कार्यालय कैलालीले जनाएको छ । आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए ।

उनकाअनुसार पीडित किशोरी सुखड बजारको हेलिप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा चारजनाले काम छ भन्दै एकान्तमा लगेर बलातकार गरेका थिए । बलात्कृत किशोरीलाई प्रहरीले घटना भएको दोस्रो दिन बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको देखेपछि उपचारका लागि अस्पताल लगेको उपरीक्षक शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed