Breaking News.... EverestOnlineKhabar
April 19, 2026

एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ-महामन्त्री मोहनविक्रम सिंह

Loading

कैलाली । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ रहेको बताएका छन् ।
आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताएका हुन् ।

प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु पनि अपरिहार्य रहेको उनको भनाई थियो ।

‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता महत्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन्, हिन्दु राष्ट्र कायम गर्ने लाइनमा ओली अघि बढेका छन्, यसलाई परास्त गर्न पाँच दल मिल्नुको विकल्प छैन’, महामन्त्री सिंहले भने।

एमाले अध्यक्ष ओली राजावादीसँग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेका उनको आरोप छ । ओली प्रधानमन्त्री हँदा रअ प्रमुख सामन्त गोयललाई मइराती बालुवाटारमा भेटेर हिन्दुत्वको मुद्धामा सहमती गरेको समेत उनले दावी गरे ।

‘सामन्त गोयलसँग गोप्य भेटघाट गरेर अ‍ोलीले हिन्दुको मुद्दामा सहमति गरेका थिए, त्यसको उदाहरण पशुपतिमा ओलीले दिएको जलहरी र चितवनमा राममन्दिर बनाउनु हुन्’, महामन्त्री सिंहले भने।

नेकपाको द्वन्द्व मिलाउन नसकेर संसद् विघटन गर्नु ओलीको अर्को प्रतिगमन भएको उनको भनाइ छ । अल्पमतमा परेपछि राजीनामा दिएर जनस्तरमा आफ्नो प्रभाव बढाउन छाडेर ओलीले कुर्चीमा रहि रहनका लागि दुई दुई पटक संसद विघटन गरेको उनले बताए ।

अहिलेको पाँच दलीय गठबन्धन भारतको इसारामा नभई देशको आवश्यकताका आधारमा बनको उनले प्रष्ट पारे। तर गठबन्धन सरकारले गरेका एमसीसी, नागरिकता विधेयक जस्ता केही गलत निर्णयमा भने जनमोर्चा र मसालले असहमति जनाएको उनले भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed