![]()

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको बताएका छन् । आज बयानका लागि महाअभियोग सिफारिस समितिमा उनले उनले आफुमाथिको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको र आफुलाई अब न्याय चाहिएको बताएका हुन् । उनले आफू संसदको सम्मानका लागि मात्र बयान दिन आएको समेत बताएका छन्।
उनले संसदले नै आफ्नो नियमावलीको पालना गर्न नसकेको टिप्पणी पनि गरे। आफु भन्दा जुनियर व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको समते उनले बताए ।
अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्त्वाकांक्षा रहेको जबराको आफ्नो बयानमा भनेका छन् । कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गरेको जबराले बताए।
कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क थियो ।


