Breaking News.... EverestOnlineKhabar
June 25, 2026

सरकारलाई डा. केसीको चेतावनीः माग पूरा नभए भदौ २७ गतेदेखि सत्याग्रह

Loading


काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले सरकारलाई आफ्ना माग पुरा नगरे फेरी सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । आफ्ना माग पुरा नगरेको भन्दे भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका डा. केसीलाई सरकारी पक्षले दुई हप्ताको समय मागेका थिए । डा. केसीले आज एक विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना माग पुरा नगरे भदौ २७ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन्।

डाक्टर केसीले राखेका मागहरूमा स्वास्थ्य सेवामा सुधारका लागिः तोकिएको दरबन्दीअनुसार क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइनुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी हुनुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरिनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरिनुपर्ने, चिकित्सा शिक्षा ऐन बमोजिम विसं। २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामूलक बनाउने व्यवस्था कार्यान्वयन गरिनुपर्ने र विद्युतीय गाडीहरुको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकता साथ अविलम्ब कानुनी व्यवस्था गरिनुपर्ने लगायतका छन् ।

गठबन्धन दलहरुको सरकार बनेदेखि स्वास्थ्य क्षेत्रका विषयमा निरन्तर आवाज उठाइरहँदा पनि कुनै सुनुवाइ नुहँदा आफुसंग धैर्य गर्ने अवस्था नरहेको डा केसीले बताएका छन् । स्वास्थ्यसम्बन्ध कानुन निर्माणलगायत लामो समय लाग्ने कामहरु नभएको, अबको चुनावपछिका पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामहरुबारे राजनीतिक दलहरु प्रस्ट हुन पनि केसीले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed