Breaking News.... EverestOnlineKhabar
October 1, 2026

वैद्य माओवादीले आगामी मंसिरको चुनाव बहिष्कार गर्ने

Loading


काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।

महासचिव किरणको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले निर्वाचनलाई सक्रिय रूपमा बहिष्कारको नीति अवलम्बन गर्ने निर्णय गरेको हो।

निर्वाचन बहिष्कारका लागि पार्टीले विभिन्न कार्यक्रमहरूको आयोजनासमेत गर्ने निर्णय गरेको छ । संघ तथा प्रदेश दुवै तहको संसदीय निर्वाचन स्वच्छ, निष्पक्ष तथा धाँधली रहित उदारवादी हिसाबले सम्पन्न गरिने नभई वर्तमान राज्यसत्ता तथा व्यवस्थाका प्रतिनिधिहरूद्वारा फासीवादी ढङ्गले प्रस्तुत हुने देखिएको पार्टीले ठहर गरेको छ ।

त्यस्तै प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्त्वहरूद्वारा पैसाको खोलो बगाउने, साधन स्रोतहरूको चरम दुरुपयोग गर्ने, शक्ति प्रदर्शन तथा साम, दाम, दण्ड, भेदका विविध नीति तथा उपायहरूको प्रयोग गरी जनसमुदायलाई, अत्यधिक रूपमा त्रसित, आतङ्कित एवम् भयभीत तुल्याउने र घेराबन्दीमा पार्ने अवस्था रहेको बैठकले निष्कर्ष निकालेको छ ।

‘आफूलाई कम्युनिस्ट बताउँदै आएका कैयौँ पार्टी तथा सङ्गठनहरु संसद्को उपयोग गर्ने वा भाग लिने मात्र नभई प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाप्रति नै आत्मसमर्पण गर्दै आएको, उपयोगको नाममा सरकारमा सामेल भई मिलेराँवादको अभ्यास गर्ने, पुरानो राज्यसत्ता तथा व्यवस्थालाई सघाउने एवम् त्यसैमा विलय हुने, विरोधी पार्टीको चुनाव चिन्ह लिई आफ्नो अस्तित्व नै गुमाउने, संसद्को उपयोग होइन संसदबाटै उपयोग हुने जस्ता निकृष्ट उदाहरण र नकारात्मक अनुभव प्रचुर मात्रामा रहेका र ती सबैबाट आवश्यक पाठ सिक्दै अघि बढ्न जरुरी भएको, पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed