Breaking News.... EverestOnlineKhabar
June 4, 2026

चुनावपछि माधव नेपालसहितको समाजवादी केन्द्र बनाउँछौं- डा. बाबुराम

Loading

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक मुद्धा मिलेपछि नेकपा माओवादी केन्द्रसंग चुनावी तालमेल गरेको बताएका छन् ।

आज पार्टीको काठमाडौं जिल्लाको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान र अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण माओवादी केन्द्रसँग आफुहरुले चुनावी तालमेल गरेको बताएका हुन् ।

उनले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्र पनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको प्रष्ट पारे।

उनले आफ्ना विचारहरु मिल्ने भनेको माओवादीसंग भएको पनि बताए ।

उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको पनि उल्लेख गर्दै भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्बिरोध रहेको बताए। उनले आफूहरु राम्रो काम गर्ने र गलत तत्वहरुलाई साथ दिनु नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको उनको भनाई छ ।

आफु अहिले नै माओवादी केन्द्रमा प्रवेश गरि नसकेको बताउँदै अध्यक्ष भट्टराई चुनावपछि माधव नेपालसहितको वृहत समाजवादी केन्द्र निर्माण गर्ने गरी छलफल गरेर सहमती जुटे मात्रै पार्टी एकता हुन सक्ने पनि प्रष्ट गरे । नेता भट्टराईको पार्टीले आगामी मंसिरको चुनावमा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हँसिया हतौडा प्रयोग गरेर चुनाव लड्ने निर्णय यसअघि नै भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed