![]()

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नबने देश बर्बादीतर्फ जाने बताएका छन् । आज झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आगामी चनावपछि एमालेको सरकार नबने देश झन् बर्बादीतर्फ जाने बताएका हुन् ।
मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार जसरी पनि बन्नुपर्नेमा उनले जोड दिए । गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको अध्यक्ष ओलीले जिकिर गरे। गठबन्धन सरकारको अलोचना गर्दै उनले देशमा बेतिथि उत्कर्षमा पुगेको बताए ।
आगामी चुनावबाट फेरी यहि गठबन्धनको सरकार बनेमा उक्त सरकारले मान्छे कुट्दै हिँड्ने समेत ओलीके दाबी थियो ।


