Breaking News.... EverestOnlineKhabar
October 2, 2026

करार तथा ज्यालादारी कर्मचारीहरुले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्छ- प्रचण्ड

Loading


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले करार तथा ज्यालादारी कर्मचारीहरुले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्ने बताएका छन् ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सबै कर्मचारीहरुले आत्मसम्माना साथ काम गर्न पाउनु पर्ने बताएका हुन् ।

आफु दोस्रो पटक प्रधानमन्त्री हुँदा अस्थायी करार र ज्यालादारी कर्मचारीको सेवा सुविधाको विषयमा हेरफेर गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले बर्तमान गठबन्धन सरकारका तर्फबाट पनि केहि ब्यवस्था गर्न आफुले पहल गर्ने बताए ।


‘मैले प्रधानमन्त्रीको बहन गर्ने अवसर पाउँदा अस्थायी र ज्यालादारी कर्मचारीको सेवा सुविधाको विषयमा हेरफेर गर्ने अवसर प्राप्त भयो । तपाईंहरुको ज्याला बढ्नुपर्छ भनेर पहल गरेको व्यक्ति हुनुको नाताले मैले अहिले पनि थप पहल गर्ने विश्वास दिलाउन चाहन्छु, गठबन्धन सरकारले निजामती सेवा ऐनलाई अन्तिम रुप दिन लागेकाले र अब संसदबाट पारित गर्ने चरणमा छ, प्रचण्डले भने ।

अस्थायी करार तथा ज्यालादारी कर्मचारीले निजामती कर्मचारी सरह सुविधा पाउनुपर्यो भन्नु जायज माग भएको प्रचण्डको भनाई छ । महंगी भक्ता, स्वास्थ्य वीमा र योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने उनले बताए । अस्थायी करार र ज्यालादारी कर्मचारीको फाइल अर्थ मन्त्रालयमा पुगेको बताउँदै प्रचण्डले त्यसमा पार्टीको तर्फबाट सकारात्मक भूमिका खेल्ने पनि आश्वासन दिए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर पनि अतिथिका रुपमा सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed