Breaking News.... EverestOnlineKhabar
April 19, 2026

माओवादी केन्द्रको पदाधिकारी टुंगो आज पनि लाग्न सकेन

Loading


काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी टुंगो आज पनि लाग्न सकेन। आज बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पदाधिकारी टुंगो लगाउने बिषयमा छलफल भएपनि निर्णय हुन नसकेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनकाअनुसार बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ । भोलीको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ । उक्त प्रस्तावमा सहमति हुन सकेमा पार्टी पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed