Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

मेनुका भण्डारी, पुस २५ काठमाडौं ।
वाग्मती सफाइ महाअभियानको आज चार सयौं हप्ता हुँदैछ । २०७० सालको जेठ ५ गते महाअभियानको प्रारम्भ गरिएको थियो । तत्कालीन मुख्यसचिव लीलामणी पौडेलको अग्रसरतामा अभियान शुरु भएको थियो । चारसय हप्ता पुगेको अवसरमा आज सुन्दरीजल र मीनभवनमा विशेष कार्यक्रम गरिँदै छ । मीनभवनमा हुने कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साह, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायत अभियानकर्मीको सहभागिता रहने छ । सुन्दरीजलमा हुने कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर लगायत विभिन्न अभियानकर्मी सहभागी हुनुहने कार्यक्रम छ । वाग्मती सफाइ महाअभियान विश्वकै लामो अभियान भएको दावीसमेत गरिएको छ । यसैकारण महाअभियानले अन्तरराष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ । सफाइबाट हालसम्म २० हजार मेट्रिकटन फोहर नदीबाट निकाली व्यवस्थापन गरिएको छ । काठमाडौँ महानगरपालिकालगायत स्थानीय तहले फोहर व्यवस्थापन गर्ने गरेका छन् । फोहर व्यवस्थापन गर्ने क्रममा गाडीमा राख्दा नाप गरिएका आधारमा २० हजार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । सफाइ महाअभियानमा हालसम्म १० लाख स्वयंसेवीले काम गरेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.