Breaking News.... EverestOnlineKhabar
May 12, 2026

प्रधानमन्त्री कप क्रिकेट माघको पहिलो साता

Loading

२०७७ पुस २४, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ । काठमाडौँमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुने छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज खेल तालिका सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता यसअघि नै दाङको लमहीमा सम्पन्न भइसकेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.