![]()
२०७७ पुस २४, काठमाडौं । अमेरिकाले ८ वटा चिनिया एपमाथि प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा कार्यकारी आदेश जारी गर्दै चिनिया एपमाथि प्रतिबन्ध लगाउने निर्णय गर्नु भएको हो । ट्रम्पको पछिल्लो कार्यकारी आदेशसंगै अमेरिकामा अलिबाबा कम्पनीको अलि पे, टेनसेन्ट कम्पनीको क्यूक्यू वालेट र विच्याटपे बाट हुने कारोबारमा बन्देज लाग्नेछ ।।


