Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

२०७७ बैशाख ३१, काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । ‘उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेका थिए,’ नेता रावलका सहयोगीले बताए । उनको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको बताइएको छ । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ । नेपालमा हालसम्म २१७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.